दफा १४
नियन्त्रकको काम, कर्तव्य र अधिकार
नियन्त्रकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्रमाणीकरण गर्ने निकायलाई इजाजतपत्र प्रदान गर्ने,
(ख) प्रमाणीकरण गर्ने निकायको काम कारबाहीको सुपरिवेक्षण र रेखदेख गर्ने,
(ग) प्रमाणीकरण गर्ने निकायले डिजिटल हस्ताक्षरको सम्पुष्टि गर्ने सम्बन्धमा कायम गर्नु पर्ने स्तरहरु निर्धारण गर्ने,
(घ) प्रमाणीकरण गर्ने निकायले आफ्नो कारोबार सञ्चालन गर्दा पालन गर्नु पर्ने शर्त निर्धारण गर्ने,
(ङ) प्रमाणपत्रको ढाँचा र त्यसभित्र समाविष्ट हुनु पर्ने विषय वस्तुको निर्धारण गर्ने,
(च) प्रमाणीकरण गर्ने निकायले ग्राहकसँग व्यवहार गर्दा अपनाउनु पर्ने प्रक्रिया निर्धारण गर्ने,
(छ) प्रमाणीकरण गर्ने निकायले यस ऐन बमोजिम प्रकट गरेका सूचनाहरुको अभिलेख खडा गरी सार्वजनिक रुपमा पहुँचयोग्य हुने गरी कम्प्युटर तथ्याङ्क आधारको व्यवस्था गर्ने र सो तथ्याङ्क आधारलाई अद्यावधिक गर्ने,
(ज) तोकिए बमोजिमको अन्य काम गर्ने ।